मापसेदेखि रेड लाइट उल्लंघनसम्म—ट्राफिक नियम तोड्नेहरूमाथि कडा निगरानी
काठमाडौं — ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि गरिएको कडाइका क्रममा हिजो शनिबार मात्र १ हजार ३४९ जना चालक ट्राफिक कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट कुल १ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।
प्रहरीका अनुसार सबैभन्दा बढी चालक “अन्य” शीर्षक अन्तर्गत ८०२ जना कारबाहीमा परेका छन्। त्यसैगरी रेड लाइट उल्लंघन गर्ने १४१ जना, लेन अनुशासन उल्लंघन गर्ने १०१ जना, तिब्र गतिमा सवारी चलाउने ८६ जना चालकलाई कारबाही गरिएको छ।
त्यसैगरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९३ जना, सवारी साधनको अवस्था ठीक नभएका ३० जना, ढोका खुल्ला राखेर सवारी चलाउने ३२ जना, पिकअप तथा ड्रपसम्बन्धी नियम उल्लंघन गर्ने ४३ जना र नो हर्न क्षेत्र उल्लंघन गर्ने १३ जना चालक पनि कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्न नियमित रूपमा विशेष चेकिङ तथा निगरानीलाई थप कडा बनाइएको जनाएको छ। साथै, सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

प्रकाशित २०८२/१२/२२ आईतबार ७:४१ बिहान


