काठमाडौं— काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत सप्राइज चेकिङका क्रममा मादक पदार्थ सेवन (मा.प.से.) गरी सवारी साधन चलाउने १२ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।
आज मिति २०८२ साल चैत २८ गते गरिएको उक्त अभियानमा कारबाहीमा परेका सबै १२ जना चालक मोटरसाइकल चालक रहेका ट्राफिक प्रहरीले जनाएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नियमित रूपमा यस्तो निगरानी तथा चेकजाँच अभियान सञ्चालन हुँदै आएको बताइएको छ।
ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउनु कानुनविपरीत मात्र नभई अत्यन्त जोखिमपूर्ण कार्य हो। यसले चालक स्वयं, यात्रु तथा अन्य सडक प्रयोगकर्ताको ज्यानमा गम्भीर खतरा उत्पन्न गर्दछ।
प्रहरीले सवारी प्रयोगकर्तालाई सचेत रहन आग्रह गर्दै, चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शंका लागेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ तथा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न अनुरोध गरेको छ।
प्रकाशित २०८२/१२/२८ सनिबार ६:२८ बेलुका


