काठमाडौँ ,फागुन
नेकपा एमाले ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार आयोजित विशेष कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली ले बटन थिचेर घोषणापत्र सार्वजनिक गर्नुभएको हो।
उक्त कार्यक्रममा पार्टीका विभिन्न तह र तप्काका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। घोषणापत्रमार्फत नेकपा एमालेले आगामी निर्वाचनका लागि आफ्नो राजनीतिक दृष्टिकोण, नीति, कार्यक्रम तथा प्रतिबद्धताहरू सार्वजनिक गरेको जनाएको छ।
घोषणापत्रको पूर्ण पाठ हेर्नका लागि तल क्लिक गर्नुहोस्।
प्रकाशित २०८२/११/०७ दिउँसो ३:४२


