काठमाडौं ,फागुन ।
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको मत परिणामलाई लिएर केही ट्याक्सी व्यवसायीहरू उत्साहित देखिएका छन्।
ट्याक्सी व्यवसायीहरूले रास्वपाले अपेक्षाकृत राम्रो मत प्राप्त गरेकाले आगामी दिनमा उक्त पार्टीको नेतृत्वमा सरकार बनेमा ट्याक्सी व्यवसायसँग सम्बन्धित विभिन्न समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।
उनीहरूका अनुसार ट्याक्सी चालक तथा व्यवसायीहरूले लामो समयदेखि भोग्दै आएका नीतिगत समस्या, ट्राफिक व्यवस्थापन, भाडादर, र पेशासँग सम्बन्धित अन्य चुनौतीहरूको समाधानतर्फ नयाँ सरकारले ध्यान दिने आशा गरिएको छ।
यही आशाका कारण केही ट्याक्सी व्यवसायीहरूले निर्वाचन परिणामलाई सकारात्मक रूपमा लिँदै खुशी व्यक्त गरेका हुन्। उनीहरूले ट्याक्सी क्षेत्रका वास्तविक समस्याहरू समाधान गर्न सम्बन्धित पक्षले विशेष पहल गर्नुपर्ने माग पनि गरेका छन्।
प्रकाशित २०८२/११/२२ शुक्रबार ६:५० बेलुका


