काठमाडौँ ।
नेपालको यातायात क्षेत्रमा विदेशी एपहरूको वर्चस्व र प्रविधिमा परनिर्भरता बढिरहेका बेला नेपाली युवाहरूकै सोच र लगानीमा आधारित ‘ल बसम’ (La Basam) राइडसेयरिङ प्लेटफर्मको औपचारिक शुभारम्भ भएको छ। ‘हामी सबै सँगै बसौं र यात्रा गरौं’ भन्ने मौलिक नेपाली भावनालाई आत्मसात् गर्दै यो एप सञ्चालनमा ल्याइएको हो।
नेपाली भूगोल, यहाँको सामाजिक अवस्था र सुरक्षा चुनौतीलाई नजिकबाट बुझेर तयार पारिएको यो ‘मेड इन नेपाल’ प्लेटफर्मले नेपाली प्रविधिको सामर्थ्य प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
किन प्रयोग गर्ने ‘ल बसम’? यस्ता छन् स्वदेशी विशेषता:
- नेपाली संस्कार झल्किने नाम: ‘ल बसम’ अर्थात् “आउनुहोस्, सँगै बसौं र यात्रा गरौं” भन्ने नामले नै नेपालीपन र आत्मीयता दर्शाउँछ।
- नेपालमै पहिलो ‘पिंक मोड’ (Pink Mode): महिला सुरक्षालाई उच्च प्राथमिकता दिँदै नेपाली दिदीबहिनीहरूका लागि महिला चालक नै रोज्न पाउने विशेष सुविधा यस एपमा छ। यसले नेपाली महिलाहरूलाई स्वरोजगार बन्न समेत प्रेरित गर्नेछ।
- स्वदेशी प्रविधिमा सुरक्षाको ग्यारेन्टी: यात्राका क्रममा हुनसक्ने जोखिमलाई ध्यानमा राखी यात्री र चालक दुवैका लागि दुर्घटना बीमा (Accidental Insurance) को व्यवस्था गरिएको छ। साथै, आपत्कालीन अवस्थाका लागि ‘SOS’ बटन र लाइभ ट्र्याकिङको सुविधा समेत छ।
- शून्य कमिसन: नेपाली चालकको हितमा: विदेशी कम्पनीहरूले चर्को कमिसन लिइरहेको अवस्थामा ‘ल बसम’ ले हाल चालकहरूबाट कुनै पनि सेवा शुल्क (कमिसन) नलिने घोषणा गरेको छ। यसले गर्दा चालकको मिहिनेतको उचित फल नेपालमै रहनेछ।
बहुआयामिक सुविधाहरू:
यो एप केवल बाइक र ट्याक्सीमा मात्र सीमित छैन। यसलाई ‘सुपर एप’ का रूपमा विकास गर्दै सामान डेलिभरी र सहरदेखि सहरसम्म (City-to-City) पुग्ने सेवा समेत सुरु गरिएको छ। निकट भविष्यमै ‘स्वदेशी फुड डेलिभरी’ सेवा समेत थपिने कम्पनीले जनाएको छ।
डिजिटल नेपालको अभियानमा टेवा
नगदरहित भुक्तानी (Digital Wallet) लाई प्रोत्साहन गर्दै ‘ल बसम’ ले नेपाललाई पूर्ण डिजिटल युगमा लैजान सघाउने लक्ष्य राखेको छ। काठमाडौँबाट सुरु भएको यो सेवा छिट्टै पोखरा, बुटवल, विराटनगर र चितवन जस्ता सहरहरूमा विस्तार हुनेछ।
“अब नेपालमा यात्रा गर्दा विदेशी प्रविधिको मुख ताक्नु पर्ने छैन,” कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आफ्नै देशको प्रविधिलाई माया गरौं र सुरक्षित यात्राको अनुभव लिऔं।”

यस्तो कम्पनि द्वारा जारि बिज्ञप्ती
प्रकाशित २०८२/१२/०९ सोमबार १२:३१ दिउँसो


