यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनहरूको भाडादर वृद्धि गरेको छ। विभागले बुधबार जारी गरेको सूचना अनुसार १३ वटा सूचकलाई आधार मानेर वैज्ञानिक प्रणाली अनुसार स्वचालित रूपमा भाडा समायोजन गरिएको हो। २०७२ सालदेखि लागू भएको यो प्रणाली अन्तर्गत इन्धनको मूल्यमा ५ प्रतिशत वा सोभन्दा बढी परिवर्तन भएमा भाडा समायोजन गरिने व्यवस्था छ।
विभागका अनुसार अन्तरप्रदेश तथा राष्ट्रियस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीमा नयाँ भाडादर २०८२ चैत २५ गतेदेखि लागू हुनेछ। जस अनुसार यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशत, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा २१.६८ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा १५.७५ प्रतिशतले भाडा वृद्धि गरिएको छ। पछिल्लो पटक २०८१ पुस २२ गते डिजेलको मूल्य प्रतिलिटर १५०.८३ रुपैयाँ हुँदा भाडा समायोजन गरिएको थियो।
तर, उपत्यका तथा अन्य जिल्लामा सञ्चालन हुने मिटर ट्याक्सीको भाडा भने यथावत राखिएको छ।प्रदेश अन्तर्गत चल्ने सार्वाजनिक यातायात भाडा समायोज प्रदेश सरकारले गर्ने भएकोले बिभाग बाट अन्तरप्रदेश चल्ने सवारी को मात्र भाडा समायोजन गरेको हो , यता बागमती प्रदेश को हकमा हेर्ने हो भने २०७९ सालमा श्रम, रोजगार तथा यातायात मन्त्रालयले तोकेको भाडादरमै ट्याक्सीहरू सेवा दिन बाध्य छन्। अन्य सार्वजनिक सवारीमा स्वचालित प्रणाली लागू भए पनि ट्याक्सीमा हालसम्म यस्तो व्यवस्था लागू भएको छैन ।
ट्याक्सी व्यवसायीहरूले भने इन्धनको मूल्य निरन्तर बढिरहँदा पनि भाडा समायोजन नगर्नु अन्यायपूर्ण भएको बताएका छन्। “हामीले पनि उहिँ महँगो पेट्रोल प्रयोग गर्नुपर्छ, तर चार वर्ष अघिको भाडामा सेवा दिन बाध्य छौं,” व्यवसायीहरूको गुनासो छ। मिटर प्रणालीका कारण भाडा सहज रूपमा घटबढ गर्न कठिन हुने भए पनि समयानुकूल समायोजन आवश्यक रहेको उनीहरूको माग छ।

भाडा वृद्धि संगै अब कहाँ जना अकती लाग्छ पुरा अविवारण हेर्नुस्
प्रकाशित २०८२/१२/२५ बुधबार ५:५० बेलुका


