आज बैशाख १ गते टोखा मा परम्परादेखि लाग्दै आएको प्रसिद्ध सपना तीर्थ मेला लागिरहेको छ। बिहानैदेखि मेलास्थलमा श्रद्धालु भक्तजनहरूको ठूलो भीड लागेको देखिएको छ।
हरेक वर्ष बैशाख १ गते लाग्ने यस मेलामा भक्तजनहरूले सपना तीर्थमा स्नान, पूजा–आराधना तथा पितृहरूको सम्झनामा तर्पण गरिरहेका छन्। धार्मिक आस्था अनुसार यहाँ पूजा गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको छ।
काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लाबाट आएका श्रद्धालुहरू मेलामा सहभागी भइरहेका छन्। मेलास्थल वरपर सुरक्षा व्यवस्था, सवारी व्यवस्थापन तथा आवश्यक सेवाहरू पनि मिलाइएको छ।
धार्मिक गतिविधिसँगै स्थानीय व्यापार, सांस्कृतिक चहलपहल र उत्साहपूर्ण वातावरणले टोखा क्षेत्र अहिले निकै रमाइलो बनेको छ। सपना तीर्थ मेला टोखाको पुरानो धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा आज पनि विशेष आकर्षण बनेको छ।

मेलामा देखिएको तस्बिरहरु






