काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा बढिरहेका बेला गृहमन्त्री सुधन गुरुङ ले फेसबुक स्टोरीमार्फत सन्देश दिएका छन्। उनले लेखेका छन्, “तिमी गरिब जन्मिनु तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब भएर मर्नु चाहिँ तिम्रो गल्ती हो।”
सरकारमा आउनुअघि इमानदारीपूर्वक कमाउनु गलत नभएको तर पदमा पुगेपछि भ्रष्टाचार गरेर कमाउनु पाप भएको उनको भनाइ छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सार्वजनिक सम्पत्ति विवरण अनुसार मन्त्री गुरुङको नाममा धनकुटा, भरतपुर र चुमनुब्री मा जग्गा, करिब ८९ तोला सुन, नगद बचत, विभिन्न बैंक खातामा रकम, सेयर लगानी तथा एक सवारी साधन रहेको उल्लेख छ। सम्पत्ति विवरण सार्वजनिक भएसँगै बिभिन्न व्यक्तिहरु टिकाटिप्पणी गरिरहेको बेला आएको उनको उनको स्टोरीलाई लिएर सामाजिक सञ्जालमा थप चर्चा भएको छ।


प्रकाशित २०८२/१२/३० सोमबार १:५३ दिउँसो


