काठमाडौं — सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ले यहिँ चैत २७ गते शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम दिउँसो ठीक ३ बजे संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गर्नेछन्।
राष्ट्रपति कार्यालयका सचिव माहादेव पन्थ ले उक्त कार्यक्रम तय भएको जानकारी दिनुभएको हो।

प्रकाशित २०८२/१२/२५ बिहिबार ८:०१ बिहान


