काठमाडौं । ट्राफिक प्रहरीका अनुसार बुधबार मात्र काठमाडौं उपत्यकाभित्र विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १३७४ सवारी साधनका चालकहरू कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट कुल ७ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मापसे कसुरमा ५१ जना चालक कारबाहीमा परेका छन् भने सवारी साधनको अवस्था ठीक नभएको कारण ३५ जनामाथि कारबाही गरिएको छ। त्यसैगरी, ट्राफिक संकेत उल्लंघन गर्दै रेड लाइट काट्ने ६१, तीव्र गतिमा सवारी चलाउने ३८, लेन मिच्ने ९४ जना चालकलाई पनि कारबाही गरिएको छ।
यसैगरी, सवारी चलाउँदा ढोका खुल्ला राख्ने ३१, ‘नो हर्न’ क्षेत्र उल्लंघन गर्ने १९, जथाभावी पिकअप तथा ड्रप गर्ने ३७ जना चालक कारबाहीमा परेका छन्। अन्य विभिन्न कसुरअन्तर्गत १००८ चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्दै सडक अनुशासन कायम गर्न यस्तो नियमित निगरानी तथा कारबाहीलाई निरन्तरता दिइने ट्राफिक प्रहरीको भनाइ छ।

प्रकाशित २०८२/१२/२६ बिहिबार ७:१८ बिहान


