काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ज्यू ले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य द्वारा मंगलबार जारी विज्ञप्ति अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन यहिं वैशाख २८ गते दिउँसो २ बजे बस्ने तय गरिएको हो।
यस अघि मंगलबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारको सिफारिस लगत्तै राष्ट्रपतिबाट संवैधानिक व्यवस्था अनुसार अधिवेशन आह्वान गरिएको हो।

प्रकाशित २०८३/०१/२२ मंगलबार ६:५० बेलुका


