काठमाडौं । ट्राफिक प्रहरीका अनुसार बुधबार मात्र काठमाडौं उपत्यकाभित्र विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि गरिएको कारबाहीबाट २० लाख ३१ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।
२४ घण्टाको अवधिमा कुल १ हजार ६ सय ८७ जना सवारी चालक कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीका अनुसार मापसे मा ८५, राइड सेयरिङमा १६३, रेड लाइट उल्लङ्घन गर्ने १४२, तीव्र गतिमा सवारी चलाउने ११७ जना कारबाहीमा परेका छन्।
त्यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने ६६, सडक तथा फुटपाथ अतिक्रमण गर्ने ९८, ‘नो हर्न’ नियम उल्लङ्घन गर्ने ८६ र ‘वन वे’ नियम तोड्ने १२१ जना चालकलाई कारबाही गरिएको छ। अन्य विभिन्न कसुरमा ८०९ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक नियमको कडाइका साथ कार्यान्वयनका कारण उपत्यकामा दुर्घटना न्यूनीकरण तथा यातायात व्यवस्थापनमा सुधार ल्याउन सहयोग पुगेको ट्राफिक प्रहरीको विश्वास रहेको छ।
प्रकाशित :- २०८३/०१/३० बुधबार ६;४६ बिहान


