नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो छापावाल सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यस अघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ रहेको थियो। पछिल्ला केही दिनयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको देखिन्छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार हिजोको तुलनामा चाँदीको मूल्य प्रतितोला ३२० रुपैयाँले बढ्दै ६ हजार १ सय ९० रुपैयाँ पुगेको छ भने आज चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव, डलरको मूल्य र लगानीकर्ताको बढ्दो आकर्षणका कारण सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।

प्रकाशित २०८२/१०/११ ७:०५


