जेन जीका अगुवा रक्षा बमले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारहरूलाई आफ्नो घोषणापत्र सार्वजनिक गर्न आग्रह गरेका छन्।
उनले संसदमा पुगेपछि के गर्ने, कस्तो नीति निर्माण गर्ने, र “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल”लाई अझ सबल र जनमुखी बनाउने स्पष्ट योजना प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन्। जनताप्रतिको उत्तरदायित्व कसरी बहन गर्ने, अघिल्लो चुनावका घोषणा तथा वाचा कति र कसरी पूरा भए, र यसपटकका नयाँ प्रतिबद्धता के–कस्ता हुनेछन् भन्ने कुरा सार्वजनिक रूपमा राख्नुपर्ने उनको भनाइ छ। यी सबै विषय हेरेर र बुझेर मात्रै जनताले मतदान गर्ने भएकाले उम्मेदवारहरू जनताप्रति जवाफदेही बन्दै आफ्नो घोषणापत्र/वाचापत्र सार्वजनिक गर्नुपर्ने उनले आग्रह गरेका छन्।
प्रकाशित २०८२/१०/१३ ३:४९


