काठमाडौं — गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पद तथा गोपनीयताको सपथ आज हुने भएको छ। संसद् सचिवालयका अनुसार सपथ ग्रहण कार्यक्रम आज दिउँसो २ बजेका लागि तय गरिएको छ।
निर्वाचन परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी १८२ सिट प्राप्त गरेको छ भने नेपाली कांग्रेस ले ३८, नेकपा (एमाले) ले २५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १७, श्रम संस्कृति पार्टी ले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ५ सिट जितेका छन्।त्यस्तै स्वतन्त्र सांसद डा. महावीर पुन पनि हुनुहुन्छ ।
नवनिर्वाचित सांसदहरूलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी ले सपथ गराउने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
प्रकाशित २०८२/१२/१२ बिहिबार ८:५८ बिहान


