काठमाडौं
निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फ निर्वाचित ११० जना सांसदलाई आज प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगले विभिन्न राजनीतिक दलहरूले प्राप्त गरेको मतको आधारमा समानुपातिक सांसदहरूको सूची केहि दिन अघि सार्वजनिक गरिसकेको छ।
आयोग सार्वजनिक गरेको सुची अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ५१,८३,४९३ मत प्राप्त गर्दै ५७ सिट हासिल गरेको छ। नेपाली कांग्रेसले १७,५९,१७२ मतसहित २० सिट, नेकपा एमालेले १४,५५,८८५ मतसहित १६ सिट र नेपाली कम्युनिष्ट पार्टीले ८,११,५७७ मतसहित ९ सिट प्राप्त गरेका छन्।
त्यस्तै, श्रम संस्कृति पार्टीले ३,८५,९०२ मतसहित ४ सिट तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३,३०,६८४ मतसहित ४ सिट प्राप्त गरेका छन्।सोहि आधारमा ११० जना सांसदले आज प्रमाणपत्र प्राप्त गर्नेछन ।
निर्वाचन आयोगले आजै राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश गर्ने तयारी गरेको छ। प्रतिवेदन पेश भएसँगै नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।



प्रकाशित २०८२/१२/०५ बिहिबार १०:४१ बिहान


