काठमाडौं, १२ चैत — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धादिङ निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन समीक्षा बैठकले अन्तर्घातीमाथि छानबिन गरी कारबाही गर्ने निर्णय गरेको छ।
हिजो ११ चैतमा धादिङमा बसेको बैठकले निर्वाचनमा सक्रिय रूपमा खटिएर योगदान पुर्याउने सम्पूर्ण मतदाता तथा इमान्दारपूर्वक क्रियाशील नेता–कार्यकर्ताहरूलाई धन्यवाद दिएको छ।
बैठकले पार्टीभित्र रहेर असहयोग गर्ने तथा अन्य पार्टी एवं दललाई जिताउन भूमिका खेल्ने अन्तर्घातीहरूको पहिचान गरी छानबिनका आधारमा आवश्यक कारबाही अघि बढाउने निर्णय समेत गरेको जनाएको छ।
नेकपा धादिङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर भण्डारीका अनुसार बैठकले संगठन सुदृढीकरण, आगामी रणनीति निर्माण र पार्टीलाई थप एकताबद्ध बनाउने विषयमा पनि छलफल गरेको थियो।
बैठक सोही निर्णयहरूसहित समापन भएको जनाइएको छ।
प्रकाशित २०८२/१२/१२ बिहिबार ८:०४ बिहान


