काठमाडौँको दरबारमार्गमा सञ्चालनमा रहेको होटल उडल्याण्डमा आगलागी भएको छ। आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिका बारुण यन्त्र कार्यालयका चार वटा दमकल घटनास्थलमा परिचालित भएका छन्।
आगो कसरि लागेको भन्ने बिषय अहिले सम्म पत्ता लागेको छैन । आगलागीबाट भएको क्षतिको विवरण तथा मानवीय क्षतिबारे थप विवरण आउन बाँकी छ। दमकल तथा सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिने प्रयास जारी राखेका छन्।
पछिल्लो पटक संसोधित ११:३१


