नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबारको लागि सुन तथा चाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हिजो बुधबारको मूल्य ३ लाख १८ हजार ८ सय रुपैयाँको तुलनामा २० हजार ५ सय रुपैयाँले वृद्धि भएको हो।
त्यसैगरी, १० ग्राम सुनको मूल्य पनि हिजोको २ लाख ७३ हजार ३ सय २० रुपैयाँबाट बढेर आज २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ पुगेको छ।
चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो प्रतितोला ७ हजार ३ सय रुपैयाँ थियो। यस अनुसार चाँदीको मूल्य प्रतितोलामा २०५ रुपैयाँले वृद्धि भएको छ। १० ग्राम चाँदीको मूल्य पनि हिजोको ६ हजार २ सय ५८ रुपैयाँ ५० पैसाबाट बढेर आज ६ हजार ४ सय ३४ रुपैयाँ कायम गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको उतार–चढाव तथा डलरको विनिमय दरमा आएको परिवर्तनका कारण सुन–चाँदीको मूल्यमा वृद्धि भएको व्यवसायीहरू बताउँछन्।



