नेपाली बजारमा आज मंगलबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सुन तथा चाँदी दुबैको मूल्यमा वृद्धि देखिएको हो।
हिजो सोमबार फाइन गोल्ड (Fine Gold) को मूल्य प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम रहेकोमा आज मंगलबार बढेर २ लाख ९० हजार ३ सय रुपैयाँ पुगेको छ । यस अनुसार सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले वृद्धि भएको छ।
त्यस्तै, प्रतिदश ग्राम सुनको मूल्य हिजो २ लाख ४५ हजार ७ सय १५ रुपैयाँ रहेकोमा आज बढेर २ लाख ४८ हजार ८ सय ८५ रुपैयाँ पुगेको छ । यसमा प्रतिदश ग्राम ३ हजार १ सय ७० रुपैयाँको वृद्धि देखिएको छ।
चाँदीको मूल्यमा पनि आज वृद्धि भएको छ । हिजो प्रतितोला ५ हजार २ सय रुपैयाँ रहेको चाँदी आज बढेर ५ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ । यस अनुसार चाँदी प्रतितोला १ सय ३५ रुपैयाँले महँगिएको हो।
त्यसैगरी, प्रतिदश ग्राम चाँदीको मूल्य हिजो ४ हजार ४ सय ५८ रुपैयाँ रहेकोमा आज ४ हजार ५ सय ७४ रुपैयाँ पुगेको छ, जसमा १ सय १६ रुपैयाँको वृद्धि भएको छ।
लगातारको मूल्य वृद्धिसँगै सुनचाँदी बजारमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ भने उपभोक्ताले मूल्य अझै बढ्न सक्ने संकेतका रूपमा हेरिरहेका छन्।

प्रकाशित २०८२/१०/२० १०:५२


