काठमाडौँ ,२१ माघ २०८२
प्रधानमन्त्री सुशिला कार्की ज्यूले स्वास्थ्य बीमा कार्यक्रममा पछिल्लो समय देखिएका समस्या समाधानका विषयमा आज छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १ बजे सरोकारवालासँग विशेष बैठक आयोजना गरिएको जनाइएको छ।
स्वास्थ्य बीमा बोर्डका अनुसार देशभर सूचीकृत स्वास्थ्य संस्थालाई १० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ। लामो समयदेखि भुक्तानी नपाएको भन्दै केही समय अघि विभिन्न अस्पतालहरूले सूचना जारी गर्दै अब स्वास्थ्य बीमामार्फत उपचार गर्न नसक्ने अवस्था आएको बताएका थिए।
अस्पतालहरूको यस्तो चेतावनी पछि स्वास्थ्य बीमा कार्यक्रम नै प्रभावित हुने जोखिम बढ्दै गएको भन्दै सरकार गम्भीर बनेको छ। सोही सन्दर्भमा प्रधानमन्त्री कार्कीले आज सम्बन्धित मन्त्रालय, स्वास्थ्य बीमा बोर्ड, अस्पताल प्रतिनिधि तथा अन्य सरोकारवालाहरूसँग छलफल गर्न लाग्नुभएको हो।
प्रकाशित २०८२/१०/२१ १०:०५


