काठमाडौँ,०१ फागुन २०८२
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालले दीर्घकालीन रूपमा सेवन गर्नुपर्ने औषधि वितरणमा अस्थायी व्यवस्था लागू गरेको जनाएको छ।
अस्पताल प्रशासनका अनुसार बीमाबाट तीन महिनाका लागि उपलब्ध गराइँदै आएका दीर्घरोगी औषधिहरू विशेष कारणवश अर्को व्यवस्था नभएसम्म एक महिनाका लागि मात्र वितरण गरिनेछ। उक्त निर्णय मिति २०८२/१०/२९ गतेबाट कार्यान्वयनमा आएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ।
सूचना अनुसार, यस अस्थायी व्यवस्थाले सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति अस्पताल क्षमाप्रार्थी रहेको जनाएको छ। सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको अस्पताल प्रशासनले स्पष्ट पारेको छ।
उक्त सूचना मिति २०८२/१०/२९ गते अस्पताल प्रशासन, वीर अस्पतालद्वारा जारी गरिएको हो।

प्रकाशित २०८२/११/०१ ३:४६ दिउँसो


