झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको सम्पर्क कार्यालयमा तोडफोड भएको छ। कमल गाउँपालिका–२ मा रहेको कार्यालयको झ्यालको सिसा फुटेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
यस क्षेत्रमा रास्वपाबाट बालेन शाह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेकाले घटनापछि सुरक्षाको दृष्टिकोणले निगरानी बढाइएको छ।
प्रकाशित २०८२/१०/२२ ११:१४


