काठमाडौं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
हिजो (माघ २१, २०८२) छापावाल (९९९) सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तर आज सुनको मूल्य घटेर प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ । यस अनुसार सुन प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको छ ।
त्यस्तै, हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँ थियो । आज चाँदी घटेर प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँ पुगेको छ । चाँदी प्रतितोला ६ सय २० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको विनिमय दर तथा माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ ।

प्रकाशित २०८२/१०/२२ ११:४२


