काठमाडौँ
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन नहुने दाबी गरेका छन्। उनले प्राइम टेलिभिजनको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छ’ मा सहभागी हुँदै यस्तो बताएका हुन्।
निर्वाचन मिति नजिकिँदै गर्दा अब मात्र २९ दिन बाँकी रहँदा ओलीले निर्वाचन सम्भव नभएको तर्क प्रस्तुत गरे। उनले अहिलेको समय विदेश जाने सिजन भएको उल्लेख गर्दै धेरै नागरिक वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि देशबाहिर रहेको बताए।
ओलीले जाडो मौसमका कारण हिमाली तथा उच्च पहाडी भेगका बासिन्दा तल्लो क्षेत्रमा झरेको अवस्थालाई समेत औँल्याए। यस्तो परिस्थितिमा सबै नागरिकको सहभागिता सुनिश्चित गर्न कठिन हुने भएकाले निर्धारित मितिमा निर्वाचन हुन नसक्ने उनको भनाइ थियो।
प्रकाशित २०८२/१०/२२ २:०४


