रौतहटमा गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। इशनाथ नगरपालिका–४ मठिया टोलस्थित मजिस्द नजिकै खेलिरहेकी ४ वर्षीया बालिकालाई बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिएको हो।
दुर्घटनापछि गम्भीर घाइते भएकी बालिकालाई सोही कारमा राखेर गौरस्थित सिटी अस्पताल लगिएको थियो।अस्पताल पुगेपछि उक्त कार चालक भने फरार रहेका छन्। दुर्घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। फरार चालकको खोजी भइरहेको र घटनाको वास्तविक कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
रौतहट निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी प्रचारप्रसारका लागि हिँडेको उक्त गाडीमा रास्वपाका उम्मेदवार सगिर आलम थिए अथवा थिएनन् भन्ने कुरा अहिले सम्म खुल्न सकेको छैन ।
प्रकाशित २०८२/१०/२२ ५:३७


