काठमाडौँ
मतपत्र छपाइ कार्यको अनुगमन गर्न पुग्नु भएकी प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते देशभर निर्वाचन हुने कुरामा विश्वस्त रहन सबैलाई आग्रह गर्नुभएको छ। अनुगमनका क्रममा प्रधानमन्त्री कार्कीले मतपत्र छपाइ कार्य निर्धारित समयमै अघि बढिरहेको भन्दै सम्बन्धित निकायलाई धन्यवाद समेत दिनुभएको छ।
हाल निर्वाचन फागुन २१ मा नहुने वा भए पनि दुई चरणमा हुने भन्ने हल्ला फैलिरहेको सन्दर्भमा प्रधानमन्त्री कार्कीले ती अफवाहप्रति ध्यान नदिन आग्रह गर्नुभयो। उहाँले निर्वाचन सम्बन्धी सबै तयारी लगभग सम्पन्न भइसकेको र अब जनताले मतदान केन्द्रमा पुगेर मतपत्रमा छाप लगाउन मात्र बाँकी रहेको स्पष्ट पार्नुभयो।
प्रधानमन्त्री कार्कीले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै ढुक्कका साथ निर्वाचनमा सहभागी हुन सबै मतदातालाई आह्वान गर्नुभयो।
प्रकाशित २०८२/१०/२२ ५:४९


