पोखरेलि ट्याक्सी सेवा प्रा.लि.को पहल र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहयोगमा अवैध रूपमा सञ्चालनमा रहेका सवारी साधन विरुद्ध निरन्तर अनुगमन गरिएको छ।
अनुगमनका क्रममा रातो प्लेटका सवारी साधनले भाडाको काम गरिरहेको तथा भारतीय नम्बर प्लेटका सवारी साधनहरू बिना रोकतोक बजार क्षेत्रभरि सञ्चालन भइरहेको पाइएको थियो।
उक्त अवस्थालाई मध्यनजर गर्दै स्तुपा–पुम्दिकोट क्षेत्रमा ट्राफिक प्रहरीसँग समन्वय गरी विशेष चेकजाँच तथा अनुगमन गरिएको हो। अनुगमनका क्रममा सवारीधनी तथा चालकहरूलाई नियमबारे सम्झाइ–बुझाइ गरिनुका साथै प्रयोजन विपरीत सञ्चालनमा रहेका सवारी साधनहरूलाई प्रचलित कानुन अनुसार कारबाही समेत गरिएको छ।
पोखरेलि ट्याक्सी सेवा प्रा.लि.ले सवारी क्षेत्रलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ यस्ता अनुगमन कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।
प्रकाशित २०८२/१०/२२ ६:२०


