देशकै पर्यटकीय राजधानीका रूपमा चिनिने पोखरामा अहिले फोहोर थुप्रिन थालेको छ, जुन अत्यन्तै लज्जाबोध हुने अवस्था हो। पर्यटकको प्रमुख गन्तव्य सहरमा सडक, चोक र बस्ती आसपास फोहोरको थुप्रो देखिनुले सहरको सुन्दरता मात्र होइन, पोखराको पहिचानमै आँच पुर्याइरहेको छ।
फोहोर किन र कसरी यति धेरै थुप्रियो भन्ने विषयमा सम्बन्धित निकायबीच समन्वयको कमी, व्यवस्थापनको कमजोरी वा अन्य कारण के–के छन् भन्ने कुरा छिटो स्पष्ट हुन आवश्यक छ। लामो समयसम्म फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिनुका साथै स्वास्थ्य जोखिम पनि बढ्दै गएको छ।
यस अवस्थाप्रति पोखरावासी मात्र होइन, आन्तरिक तथा बाह्य पर्यटकसमेत चिन्तित छन्। त्यसैले सम्बन्धित निकायले जिम्मेवारी बोध गर्दै फोहोर व्यवस्थापनको दीर्घकालीन र प्रभावकारी समाधान तत्काल लागू गर्न जरुरी छ। पोखराको स्वच्छता र गरिमा जोगाउनु सबैको साझा दायित्व हो।
प्रकाशित २०८२/१०/२३ ११:५७


