पोखरा,२४ माघ २०८२
भारतीय निजी नम्बर प्लेटका सवारी साधन तथा नेपालमा दर्ता भएका रातो (निजी) प्लेटका सवारीहरूले चारैतर्फी रूपमा सार्वजनिक यातायात सेवा आक्रमण गरेको भन्दै त्यसविरुद्ध अनुगमन तीव्र पारिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहयोगमा पोखरा स्थित जिरो किमि क्षेत्रमा गरिएको अनुगमनमा एवन ग्रेटर ट्याक्सी पोखराका प्रबन्ध निर्देशक देवीराम पाण्डे, लेखा प्रमुख महोदत्य आचार्य लगायतको टोली सक्रिय रूपमा जुटेको थियो।
अनुगमनका क्रममा प्रयोजन विपरीत निजी सवारी साधन प्रयोग गरी सार्वजनिक यातायातको क्षेत्र अतिक्रमण गरिएको भन्दै सम्बन्धित चालकहरूलाई सचेत गराइएको छ भने नियमविपरीत सञ्चालन भएका सवारी साधनमाथि आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग आग्रहसमेत गरिएको छ।
टोलीले प्रयोजन विपरीत सवारी साधनको प्रयोगलाई निरुत्साहित नगरेसम्म सार्वजनिक यातायात व्यवसाय थप संकटमा पर्ने भन्दै सार्वजनिक यातायातको संरक्षण र व्यवस्थित सञ्चालनका लागि सबै सरोकारवाला एकजुट हुनुपर्ने आवश्यकता औंल्याएको छ।
प्रकाशित २०८२/१०/२४ १:३९


