काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस मन्थली नगरपालिका–६ स्थित मसानटार क्षेत्रमा सडकबाट चिप्लिएर तामाकोशी नदीमा खसेको हो।
स्थानीयका अनुसार बस नदीमा डुबेकाले यात्रुहरूको उद्धार कार्यमा कठिनाइ भइरहेको छ। तर पनि प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य जारी रहेको बताईएको छ।
दुर्घटनामा केही यात्रुको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने घाइते भएका यात्रुहरूलाई उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा पठाइएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।
प्रकाशित २०८२/१०/२७ १२:५५


