काठमाडौं
आज मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख ५ हजार ५ सय मा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला रु ५ हजार २ सय ४० मा किनबेच भइरहेको छ।
हिजो सोमबार छापावाल सुन प्रतितोला रु ३ लाख ४ हजार ६ सय मा कारोबार भएको थियो। त्यसको तुलनामा आज सुनको मूल्य रु ९ सयले वृद्धि भएको छ।
त्यस्तै, हिजो सोमबार प्रतितोला रु ५ हजार २ सय ५० मा कारोबार भएको चाँदी आज रु १० ले घटेर प्रतितोला रु ५ हजार २ सय ४० कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव, डलर विनिमय दर तथा माग–आपूर्ति अवस्थाका कारण सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव देखिने गरेको व्यवसायीहरूको भनाइ छ।
प्रकाशित २०८२/१०/२७ ११:५२


