नेपाली कांग्रेस ले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि तयार पारेको ‘प्रतिज्ञा पत्र’ फागुन ६ मात्र गते सार्वजनिक गर्ने भएको छ।
यस अघि पार्टीले प्रतिज्ञा पत्र केहि दिनभित्र सार्वजनिक गर्ने जनाएको भए पनि कार्यक्रमको स्वरूपमा केही परिवर्तन गर्दै अब फागुन ६ गते जनकपुर मा आयोजना हुने आमसभा मार्फत सार्वजनिक गर्ने निर्णय गरिएको हो।
पार्टीका अनुसार २०८२ फागुन ३ गते दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गर्ने तय गरिएको प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रम अब नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा जनकपुरमा हुने आमसभा मार्फत औपचारिक रूपमा सार्वजनिक गरिनेछ।
यस सम्बन्धमा पार्टीका प्रवक्ता तथा केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेले विज्ञप्ति जारी गर्दै प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रमको मिति र स्थानबारे जानकारी गराउनुभएको हो।
उता निर्वाचन आयोगले दलहरूलाई फागुन ४ गतेभित्र आफ्नो दलको घोषणापत्र बुझाइसक्न भनेको छ।यो बिषयमा कांग्रेसल के गर्छ त्यो भने हेर्न बाँकी रहेको छ ।

प्रकाशित २०८२/११/०३ ९:२४


