नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। पार्टी सभापति गगन थापा ले सार्वजनिक गर्नुभएको उक्त चुनावी घोषणापत्रको नाम नै प्रतिज्ञापत्र राखिएको छ।
करिब २०० पृष्ठ लामो यो प्रतिज्ञापत्र हिजो बुधबार जनकपुर मा आयोजित विशाल सभामार्फत सार्वजनिक गरिएको हो। जनकपुर सभामा पार्टीका शीर्ष नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसैबीच, आज बिहीबार सभापति गगन थापाले उक्त प्रतिज्ञापत्रमा उठाइएका विभिन्न प्रश्नहरूको स्पष्ट जवाफ दिँदै कांग्रेसको नीति, योजना र प्रतिबद्धताबारे प्रस्ट पारेका छन्। पार्टीले यो प्रतिज्ञापत्र मार्फत समावेशी विकास, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र आर्थिक सुधारलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।
प्रकाशित २०८२/११/०७ बेलुका ८:१४


