काठमाडौं । आज मिति २०८२ साल फागुन १४ गते काठमाडौं उपत्यकाका विभिन्न चोक तथा व्यस्त सडक खण्डहरूमा सवारी व्यवस्थापनसँगै ट्राफिक नियम सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ।
कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय का प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी स्वयं सडकमा उपस्थित भई सवारी चालक, सह–चालक तथा सर्वसाधारण सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन, लेन अनुशासन, हेल्मेट तथा सिटबेल्टको प्रयोग लगायत विषयमा प्रत्यक्ष जानकारी गराउनु भएको थियो।
प्रकाशित :- २०८२/११/१४ बिहिवार ९:१३ बेलुका


