धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बोध नारायण श्रेष्ठ आफ्नो निर्वाचन क्षेत्रमा देखिएका समस्याहरू समाधानतर्फ सक्रिय भएका छन्।
श्रेष्ठले धादिङ जिल्ला अस्पतालको सेवा सुधारलाई प्राथमिकतामा राख्दै अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्,
“धादिङ जिल्ला अस्पतालको सेवा स्तरोन्नति र गुणस्तर सुधार गर्ने उद्देश्यका साथ फाल्गुन २५ गतेबाट औपचारिक रूपमा सुधारका कामहरूको थालनी गरिएको छ।”
उनका अनुसार अस्पतालको सेवा, व्यवस्थापन तथा उपचार प्रणालीलाई सुधार गरी स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
यससँगै श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रका जनताले भोगिरहेका साना–ठूला समस्याहरू समाधान गर्न सक्रिय रूपमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। जनताको अपेक्षा अनुसार विकास, सेवा र सुशासनका कामहरू अघि बढाइने उनको भनाइ छ।

प्रकाशित २०८२/११/२६ मंगलबार १०:२७ बिहान


