गोर्खा–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजय हासिल गरेका सुधन गुरुङ ले फेसबुकमार्फत आफ्ना मतदाताहरूप्रति आभार व्यक्त गर्दै लेखेका छन्, “मलाई विश्वास गरेर साथ दिनुहुने सम्पूर्ण मतदाताहरू, साथीभाइहरू, दाजुभाइ–दिदीबहिनीहरू तथा मेरा अग्रजहरू प्रति म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। कुनै स्वार्थ बिना दिनरात खटेर, घामपानी नभनी हरेक कुना–काप्चामा पुगेर साथ दिनु भएको तपाईंहरूको माया, भरोसा र देशप्रतिको भावना कहिल्यै भुल्न सक्दिनँ।”
उहाँले मतदाताहरूलाई व्यक्तिगत रूपमा भेट्ने प्रतिबद्धता पनि व्यक्त गर्दै भनेका छन्, “समयको अभावका कारण कतिपय ठाउँमा म घरदैलो कार्यक्रममा पुग्न नसकेको भए पनि, अब बाँकी रहेका सबै ठाउँहरूमा म आफैं पुगेर तपाईंहरूलाई भेट्ने र संवाद गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। अन्त्यमा म यति मात्रै भन्न चाहन्छु… यो कुनै एक व्यक्तिको जित होइन, यो सम्पूर्ण गोर्खालीहरूको विश्वास, एकता र आशाको जित हो।”
सुधन गुरुङको यस संदेशले गोर्खाली मतदातासँगको निकटता र जनता प्रति उहाँको इमान्दारीपूर्ण प्रतिबद्धतालाई स्पष्ट झल्काउँछ।
प्रकाशित २०८२/११/२६ मंगलबार १०:३६ बिहान


