नेपाली राइड सेयरिङ एप Sajilo Ride ले अफलाइन राइडमा पनि फुल इन्स्योरेन्स कभरेज उपलब्ध गराउने नयाँ सुविधा सुरु गरेको छ। कम्पनीका अनुसार अब चालक र यात्रुले एपमार्फत “स्पट बुकिङ” गरेर अफलाइन टिपमा गरिएको यात्रामा समेत बिमा सुविधा पाउने भएका छन्।
यस सुविधा अनुसार चालक र यात्रुले एप खोलेर स्पट बुकिङ गरेपछि अफलाइन रूपमा सुरु गरिएको राइडमा पनि पूर्ण बिमा कभरेज लागू हुनेछ। यसले आकस्मिक घटना वा दुर्घटनाको अवस्थामा यात्रु र चालक दुवैलाई सुरक्षित बनाउने कम्पनीको दाबी छ।
सजिलो राइडका अनुसार डिजिटल प्रविधि प्रयोग गरी अफलाइन टिपमा पनि बिमा जोडिएको यो सेवा नेपाली राइड सेयरिङ क्षेत्रमा नयाँ अभ्यासको रूपमा लिइएको छ। यसले यात्रुलाई थप सुरक्षित सेवा प्रदान गर्नुका साथै चालकलाई पनि जोखिम व्यवस्थापनमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
कम्पनीले आगामी दिनमा सेवा विस्तार गर्दै थप सुरक्षित र भरपर्दो राइड सेयरिङ वातावरण निर्माण गर्ने योजना रहेको जनाएको छ।
प्रकाशित २०८२/१२/०१ आईतबार ११;३८ बिहान


