राइड सेयरिङ कम्पनीहरूले श्रम शोषण गरेको आरोप लगाउँदै ‘प्रो राइडर समूह, काठमाडौं’ले सेवा नै ठप्प पार्ने चेतावनी दिएको छ।
समूहले जारी गरेको विज्ञप्तिमा राइड सेयरिङ कम्पनीहरूले अन्यायपूर्ण भाडादर निर्धारण गर्दै मनोमानी व्यवहार गरेको उल्लेख गरिएको छ। साथै, यसले राइडरहरूमाथि श्रम शोषण भइरहेको आरोप पनि लगाइएको छ।
विगतमा सम्बन्धित निकाय तथा सेवा प्रदायक कम्पनीहरूलाई बारम्बार ध्यानाकर्षण गराउँदा समेत कुनै ठोस तथा प्रभावकारी समाधान नआएको भन्दै समूहले असन्तुष्टि जनाएको छ। विज्ञप्तिमा आफ्ना न्यायोचित हक–अधिकारको संरक्षणका लागि शान्तिपूर्ण, चरणबद्ध तथा निरन्तर आन्दोलनका कार्यक्रम अघि बढाउने उल्लेख गरिएको छ।
त्यस्तै, मागहरू पूरा नभएसम्म आन्दोलन जारी रहने र आवश्यक परे सेवा ठप्प पार्ने चेतावनीसमेत समूहले दिएको छ।
यस्तो छ आन्दोलनका कार्यक्रमहरु

प्रकाशित २०८२/१२/१० मंगलबार ९:४४ बिहान


