काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेल ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह लाई ठीक १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्री पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले सर्वाधिक १८२ सिट जितेको थियो। त्यसैगरी नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेकपा (माओवादी केन्द्र)ले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका थिए।
रास्वपाको केन्द्रीय समितिले बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरेसँगै प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।
आजको सपथ ग्रहण कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
नव नियुक्त प्रधानमन्त्री शाहले देशको सुशासन, विकास र समृद्धिका लागि इमान्दारतापूर्वक काम गर्नेमा सबै जनता को अपेक्षा रहेको छ ।
प्रकाशित २०८२/१२/१३ शुक्रबार ८:३१ बिहान


