प्रधानमन्त्री बालेन्द्र शाह ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रिपरिषद् विस्तार गर्दै १५ जना मन्त्रीलाई जिम्मेवारी प्रदान गरेका छन्। नियुक्त भएका सबै मन्त्रीहरूले आजै शपथ लिएका छन्।
नयाँ मन्त्रिपरिषदमा अर्थमन्त्रीका रूपमा स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्र मन्त्रीमा शिशिर खनाल तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा सुनिल लम्साल नियुक्त भएका छन्। त्यसैगरी ऊर्जा मन्त्रालयको जिम्मेवारी विराजभक्त श्रेष्ठ लाई दिइएको छ भने पर्यटन मन्त्रीमा खडक पौडेल र शिक्षा मन्त्रीमा सस्मित पोखरेल चयन भएका छन्। स्वास्थ्य मन्त्रालय निशा मेहता ले सम्हाल्ने भएकी छन्।
त्यस्तै, सञ्चार मन्त्रीमा विक्रम तिमल्सिना, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, कानून मन्त्रीमा सोविता गौतम, कृषि मन्त्रीमा गीता चौधरी, श्रम मन्त्रीमा दिपक साह तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादी नियुक्त भएका छन्।
प्रकाशित २०८२/१२/१३ शुक्रबार १:२३ दिउँसो


