काठमाडौं — सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा नियन्त्रण गर्न सरकारले महत्वपूर्ण कदम चाल्ने निर्णय गरेको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकले सबै सवारी साधनमा CCTV/Dashcam जडान गर्ने तथा राइड-शेयरिङ एपहरूमा SOS Button अनिवार्य गर्ने निर्णय गरेको हो।
सरकारले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीभित्र समावेश उक्त व्यवस्थाअनुसार अब यात्रुहरूले आकस्मिक वा खतराको अवस्थामा तत्काल प्रहरीसम्म सूचना पुर्याउन सक्नेछन्। यसले विशेष गरी महिला तथा संवेदनशील समूहको सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निर्णय अनुसार सम्बन्धित निकायहरूले ३० दिनभित्र उक्त व्यवस्था कार्यान्वयन गरिसक्नुपर्नेछ। सरकारले सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने लक्ष्यसहित यो कदम अघि बढाएको जनाएको छ।
प्रकाशित २०८२/१२/१५ आईतवार ७:२३ बिहान


