नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गरेको छ। निगमका अनुसार आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र आन्तरिक उडानतर्फ प्रयोग हुने हवाई इन्धनको मूल्य बढाइएको हो भने पेट्रोलको मूल्य भने हाललाई यथावत राखिएको छ।
नयाँ दरअनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ वृद्धि गरिएको छ। यससँगै अब डिजल/मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएर २५६ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।
निगमले लगातार घाटा व्यहोर्नुपरेकाले मूल्य समायोजन गर्न बाध्य भएको स्पष्ट पारेको छ। लगातारको मूल्यवृद्धिले उपभोक्ता, यातायात क्षेत्र तथा बजार मूल्यमा थप असर पर्ने अनुमान गरिएको छ।

प्रकाशित २०८३/०१/०३ बिहिबार ७:२४ बिहान


