नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०८२ जारी गर्दै विधुतीय माध्यमबाट हुने कारोबारमा नयाँ सीमा र सेवा शुल्क व्यवस्था लागू गरेको छ।
निर्देशन अनुसार अब बैंक खाताबाट वालेटमा रकम पठाउँदा प्रति दिन अधिकतम २ लाख रुपैयाँ र प्रति महिना १० लाख रुपैयाँ सम्म मात्रै कारोबार गर्न पाइनेछ। त्यस्तै वालेटबाट अन्य बैंक खातामा रकम पठाउँदा पनि दैनिक २ लाख र मासिक १० लाख रुपैयाँ सम्मको सीमा तोकिएको छ।
यसैगरी एक वालेटबाट अर्को वालेटमा रकम पठाउँदा प्रति दिन ५० हजार रुपैयाँ र प्रति महिना ५ लाख रुपैयाँ भन्दा बढी कारोबार गर्न नपाइने व्यवस्था गरिएको छ।
सेवा शुल्कतर्फ बैंकहरूले अब ५ हजार रुपैयाँ सम्मको कारोबारमा अधिकतम ५ रुपैयाँ, १० हजार रुपैयाँसम्मको कारोबारमा अधिकतम ८ रुपैयाँ, र १० हजार रुपैयाँभन्दा माथिको कारोबारमा अधिकतम १० रुपैयाँ भन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरिएको छ।
त्यस्तै मोबाइल एप्लिकेशन वा इन्टरनेट बैंकिङमार्फत गरिने IBFT (Inter Bank Fund Transfer) कारोबारमा सेवा प्रदायकले प्रति कारोबार बढीमा १० रुपैयाँ मात्रै शुल्क लिन पाउने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई सुरक्षित, सहज र सर्वसुलभ बनाउन यस्तो व्यवस्था लागू गरिएको जनाएको छ।
प्रकाशित २०८३/०१/०४ शुक्रबार ३:४७ दिउँसो


