काठमाडौं । टोखा नगरपालिका ले नगरपालिकाभित्र रहेका अव्यवस्थित तारहरुको व्यवस्थापन कार्य सुरु गर्ने भएको छ।

नगरपालिकाले आज शुक्रबार सूचना जारी गर्दै मिति २०८३ बैशाख ७ गतेदेखि वडा नं. ९ अन्तर्गत गोंगबु चोकदेखि जालुपा चोक हुँदै धनेश्वर चोकसम्म तार व्यवस्थापन कार्य सुरु गरिने जनाएको हो। त्यसपछि क्रमशः अन्य स्थानहरूमा समेत उक्त अभियान विस्तार गरिने बताइएको छ।
नगरपालिकाका अनुसार तार व्यवस्थापन कार्य सञ्चालनका क्रममा केही समयका लागि इन्टरनेट तथा केवल सेवा अवरुद्ध हुन सक्ने सम्भावना रहेको छ।
यस कार्यलाई प्रभावकारी बनाउन नगरपालिकाले स्थानीयवासी, सेवा प्रदायक संस्था तथा सम्बन्धित सबै पक्षलाई आवश्यक सहयोग गरिदिन अनुरोध गरेको छ।
नगरपालिकाले अव्यवस्थित तार व्यवस्थापनबाट सडक क्षेत्र सुन्दर, सुरक्षित तथा व्यवस्थित बन्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित २०८३/०१/०४ शुक्रबार ७:३३ बेलुका


