काठमाडौं । उपत्यकाभित्र मंगलबार मात्र विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि कारबाही गर्दा २५ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार एकै दिनमा कुल ३ हजार ५ सय १ वटा सवारी साधनका चालक कारबाहीमा परेका हुन्। विभिन्न शीर्षकमा गरिएको कारबाहीमध्ये सबैभन्दा धेरै अन्य कसुरमा २ हजार ७ सय ४७ जना चालक परेका छन्।
त्यसैगरी मापसे गरेर सवारी चलाउने ७७ जना, सवारीको अवस्था ठिक नभएका ६९ जना, रेड लाइट उल्लंघन गर्ने १५८ जना, तीव्र गतिमा सवारी चलाउने ८९ जना, लेन मिच्ने १७२ जना, ढोका खुल्ला राखेर सवारी चलाउने ५७ जना, नो हर्न क्षेत्रमा हर्न बजाउने ७७ जना तथा पिकअप–ड्रप नियम उल्लंघन गर्ने ५५ जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ। साथै चालकहरूलाई ट्राफिक नियम पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गरिएको छ।


प्रकाशित २०८३/०१/०८ मंगलबार ७;२६ बिहान


