काठमाडौं, वैशाख ७ — काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि गरिएको कारबाहीबाट हिजो आइतबार मात्रै ८ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने २३७९ जना चालक कारबाहीमा परेका हुन्।
कारबाहीमा परेकामध्ये मापसे ७८ जना, अवस्था ठीक नभएको सवारी ७६ वटा, रेड लाइट उल्लंघन २१३ जना, तीव्र गति १०४ जना, लेन मिच्ने १४५ जना, ढोका खुला राखेर सवारी चलाउने ४४ जना, नो हर्न क्षेत्र उल्लंघन गर्ने ७२ जना, पिक अप तथा ड्रप उल्लंघन गर्ने ५१ जना रहेका छन्।
त्यसैगरी अन्य विभिन्न कसुरमा १५९६ जना चालक कारबाहीमा परेको प्रहरीले जनाएको छ।
उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन दैनिक अनुगमन र कारबाहीलाई तीव्र बनाइएको ट्राफिक प्रहरीको भनाइ छ।


प्रकाशित २०८३/०१/०७ सोमबार ७:१७ बिहान


