गृहमन्त्री सुधन गुरुङ्ग ले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै भ्रष्टाचारविरुद्धको अभियान कुनै हालतमा नरोकिने स्पष्ट पार्नुभएको छ। उहाँले पछिल्ला दिनमा आफूमाथि केन्द्रित विभिन्न चर्चा र आरोपप्रति लक्षित गर्दै कारबाही निरन्तर अघि बढ्ने बताउनु भएको हो।

उहाँले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा जनताको रगत–पसिनाको कमाइमा आँखा गाड्नेहरू आज डराएको टिप्पणी गर्नुभएको छ। यस्ता समूहहरूले आफ्नो स्वार्थ जोगाउन विभिन्न किसिमका हल्ला र भ्रम फैलाइरहेको उहाँको भनाइ छ।
गृहमन्त्री गुरुङले मिडिया ट्रायल र प्रायोजित प्रचारलाई केही व्यक्तिहरूको छटपटी मात्र भएको उल्लेख गर्नु भएको छ। सत्य बाहिर आउन नदिन योजनाबद्ध रूपमा भ्रम सिर्जना गर्न खोजिएको संकेत गर्दै उहाँले यस्ता गतिविधिले आफू विचलित नहुने बताउनु भएको छ।
उहाँले दिनको ५० करोडसम्म भ्रष्टाचार गर्नेहरू विरुद्ध विगतमा यति धेरै सक्रियता नदेखिएको भन्दै अहिले सुरु भएको अभियानलाई रोक्न अनेक प्रयास भइरहेको दाबी गर्नुभएको छ। भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाका लागि सरकार दृढताका साथ अघि बढिरहेको उहाँले उल्लेख गर्नुभएको छ।
यस्तो छ गृहमन्त्री ज्यूको भनाई
वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्। मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो। कारबाही रोकिँदैन, डगमगाइँदैन। दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ।
प्रकाशित २०८३/०१/०८ मंगलबार ८:३१ बिहान


