म्याग्दी क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका पूर्व मन्त्री तथा सामाजिक अभियन्ता डा. महावीर पुनको चुनाव चिन्ह ‘त्रिभुज’ निर्धारण भएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त जानकारी सार्वजनिक गर्नुभएको हो।
डा. पुनले आफ्नो स्टाटसमा लेख्नुभएको छ, “महावीर पुनको चुनाव चिन्ह आयो। नेपालभरिका स्वतन्त्र उम्मेदवारहरूले यही चिन्ह लिए हुन्छ।” उहाँको यो अभिव्यक्तिलाई स्वतन्त्र उम्मेदवारहरू बीच एकता र साझा पहिचानको सन्देशका रूपमा हेरिएको छ।
स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रिनुभएका डा. पुनले विगतदेखि नै प्रविधि, नवप्रवर्तन र सामाजिक रूपान्तरणका क्षेत्रमा पुर्याउँदै आउनुभएको योगदानका कारण जनस्तरमा विशेष चर्चा पाउँदै आउनुभएको छ। ‘त्रिभुज’ चुनाव चिन्हमार्फत स्वतन्त्र र वैकल्पिक राजनीतिलाई सशक्त बनाउने संकेतका रूपमा उहाँको भनाइलाई विश्लेषण गरिएको छ।
प्रकाशित २०८२/१०/०९ ५:२२


