धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएकी समाजसेवी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्ने सामाजिक सञ्जालमा फैलिएको हल्लाको खण्डन गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टिकरण दिँदै तामाङले यस्ता निराधार हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेकी छन्। उनले लेखेकी छन्, “चुनाव जित्न उठेको म, उम्मेदवारी फिर्ता लिने कुरै हुँदैन। जनताको प्रतिनिधि बनेर आउँछु म।”
उनको उम्मेदवारी फिर्ता लिएको भन्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फैलाएको भ्रमप्रति आपत्ति जनाउँदै तामाङले आफ्नो चुनावी अभियान यथावत् रूपमा अघि बढिरहेको समेत स्पष्ट पारेकी छन्।
स्थानीय तहमा समाजसेवा मार्फत सक्रिय भूमिका निभाउँदै आएकी तामाङको उम्मेदवारीलाई लिएर धादिङ–१ मा राजनीतिक चासो बढिरहेको छ।
प्रकाशित २०८२/१०/०९ ३:०२


